शनिबार, जेठ २, २०८३

पर्यटन मन्त्रालयलाई ११ अर्ब ९६ करोड बजेट

नयाँ पर्यटकीय गन्तव्य विकास र विस्तारका लागि २ अर्ब १३ करोड बजेट विनियोजन।
 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड छुट्याएको छ।

National life

सोमबार अर्थमन्त्री डा. प्रकाशरण महतले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पर्यटन मन्त्रालयका लागि उक्त रकम विनियोजन गरिएको बताएका हुन्।

अर्थमन्त्री महतले पशुपतिनाथको गुरुयोजना अगाडि बढाइनुका साथै बुद्ध सर्किट बनाउने बताए।  यस्तै, ऐतिहासिक र पुरातात्त्विक सम्पदाको संरक्षण गर्न बजेट व्यवस्था गरिने अर्थमन्त्रीले जानकारी दिए।

नुवाकोट दरबारलगायतका २५ वटा सांस्कृतिक सम्पदा पुनर्निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने अर्थमन्त्रीले बताए। नयाँ पर्यटकीय गन्तव्य विकास र विस्तारका लागि २ अर्ब १३ करोड बजेट विनियोजन भएको छ।

प्रकाशित: May 29, 2023| 18:02 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्