सोमबार, मंसिर १, २०८२

फेरि नजिकिए पटानी र टाइगर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बर्इ-  प्राय: ब्रेकअपपछि स्टारहरू आफ्नो पूर्वप्रेमी-प्रेमिकालाई इग्नोर गर्ने वा तथानाम गाली गर्नसमेत पछि पर्दैनन्। तर, टाइगर श्राफले भने आफ्नो पूर्वप्रेमिका दिशा पटानीलाई एक अन्जान व्यक्तिबाट बचाएका छन्। 

ब्रेकअपपछि पनि टाइगर दिशासँगको सम्बन्धलाई मौका दिन लागि परेको जानकारी स्रोतले जनाएको छ। उनीहरू डिनरका लागि सँगै देखा परको थिए। सोही समय, दिशालाई एक युवक फ्यानले सेल्फीको लागि धेरै रिक्वेस्ट गरेका थिए। धेरै पटकको रिक्वेस् पछि उनले फोटो खच्न मानेकी थिइन्।
 
सेल्फीको वाहानमा त्यस व्यक्तिको मनसाय भने अनैतिक देखियो। दिशालाई पटकपटक जथाभावी छुने क्रियाकलाप गरिरहेका थिए। तब, टाइगर श्राफले त्यस व्यक्तिलाई हटाएको थिए। 

अक्सर फिल्ममा देख्न पाइने यस्ता सट, पटानी र श्राफको रियल जीवनमा घटेको छ। आशा गरौँ उनीहरूको सम्बन्ध सुध्रिने छ। 
 
तीन वर्षको लामो प्रेम सम्बन्धमा चिसोपना आएपछि उनीहरूको ब्रेकअप भएको थियो। टाइगर स्टुडेन्ट अफ द इयर २ की एक्ट्रेस तारा सुतारियासँग नजिकिएपछि उनीहरूको सम्बन्धमा चिसोपना आएको जानकारीमा आएको छ। 

दिशा पटानी बलिउडमा रूचाएकी अभिनेत्रीमा पर्छिन्। बागी-२, एमएस धोनीजस्ता फिल्मबाट चर्चामा आएकी पटानीको फ्यान फलोइङ पनि निकै राम्रो छ।  उनी, हाल सलमान खानको भारत फिल्म सुटिङमा व्यस्त छिन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्