काठमाडौं–अर्थमन्त्री डा.प्रकाशशरण महतले न्यूनतम १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर कम्पनी खोल्न सकिने घोषणा गरेका छन्।
मन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ को आयव्यय विवरण संघीय संसद्को संयुक्त बैठकमा पेस गर्दै यस्तो बताएका हुन्।
उनले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकामा अबदेखि कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिने बताए। अनलाइनमार्फत कम्पनी खोल्न र बन्द गर्न सकिने व्यवस्था आगामी बजेटमा गरिएको महतले जानकारी दिए।