सोमबार, असार २९, २०८३

१०० रुपैयाँ अधिकृत पुँजी राखेर कम्पनी खोल्न सुविधा

नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकामा अबदेखि कुनै पनि शुल्क नलाग्ने।
 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं–अर्थमन्त्री डा.प्रकाशशरण महतले न्यूनतम १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर कम्पनी खोल्न सकिने घोषणा गरेका छन्।

मन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ को आयव्यय विवरण संघीय संसद्को संयुक्त बैठकमा पेस गर्दै यस्तो बताएका हुन्।

उनले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकामा अबदेखि कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिने बताए। अनलाइनमार्फत कम्पनी खोल्न र बन्द गर्न सकिने व्यवस्था आगामी बजेटमा गरिएको महतले जानकारी दिए।

प्रकाशित: May 29, 2023| 17:16 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्