मंगलबार, चैत १७, २०८२

पीपीएल टी-२० : जितका लागि धनगढीलाई १८१ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर

पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत शनिबरको जारी दोस्रो खेलमा काठमाडौं रोयल्सले जितका लागि धनगढी ब्लुजलाई १ यस  ८१ रनको लक्ष्य सुम्पेको छ । काठमाडौंले निर्धारित २० ओभरमा मात्र तीन विकेट गुमाउदै १ सय ८० रन जोडेको थियो ।
 
काठमाडौंका लागि बिदेशी खेलाडी गौरभ तोमरले अर्धसतकिय पारी खेले । उनी सतक प्रहार गर्नबाट ५ रनले चुके । उनले ४४ बलमा चार चौका र १० छक्काको मद्दतले ९५ रन जोडेका हुन् । 

त्यस्तै नरेश बुढाएरले अवजित ३६ रनको पारी खेले । उनले २४ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३६ रन जोडे । जयकिसन कोल्सावालाले २५ र अमित श्रेष्ठले १२ रन जोडे । 

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरी, पेटर ट्रेगो र सागर ढकालले समान एक एक विकेट लिए । धनगढीले केही केरमा जवाफी ब्याटिङ गर्दै छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।