मंगलबार, असोज ९, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट २०८०/८१ : चालू आवको सरकारी खर्च १५ खर्ब ५ अर्ब हाराहारी अनुमान

बजेट २०८०/८१ : चालू आवको सरकारी खर्च १५ खर्ब ५ अर्ब हाराहारी अनुमान

संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको आयव्यय प्रस्तुत गरिरहेका अर्थमन्त्री महतले यस्तो विवरण सार्वजनिक गरेका हुन्। 
 |  सोमबार, जेठ १५, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड हुने अनुमान सार्वजनिक गरेका छन्। संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको आयव्यय प्रस्तुत गरिरहेका अर्थमन्त्री महतले यस्तो विवरण सार्वजनिक गरेका हुन्।

sagarmatha cement

उनले यसमध्ये चालू खर्च १० खर्ब ४३ अर्ब ३९ करोड अर्थात् विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड अर्थात् ६७.९१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३ अर्ब २६ करोड अर्थात् ८८ प्रतिशत खर्च हुने संशोधित अनुमान सार्वजनिक गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने अनुमान थियो। कुल सरकारी खर्चमध्ये चालू खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पुँजीगगत खर्च ३ खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने अनमान थियो।

गत वर्ष आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने अनुमान थियो। यो वर्ष आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्रै हुने अनुमान छ। अर्थमन्त्री महतले सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०÷८१ को बजेट तयार पारेको बताए।

प्रकाशित: May 29, 2023| 16:50 सोमबार, जेठ १५, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

सुपथ मूल्यका पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ रुपमा नागरिकलाई उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य।
कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो।