आइतबार, पुस १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै

चालू आवको बजेट अर्थमन्त्रीले कालो लेदरको ब्यागमा राखेर प्रस्तुत गर्न लागेका हुन् भने गत आवको बजेट रातो ब्यागमा राखेर प्रस्तुत गरिएको थियो।
 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं–अर्थमन्त्री डा. प्रकाशरण महतले संघीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन्। मन्त्री महतले संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहेका हुन्।

National life

आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृति दिएको थियो। यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि अर्थमन्त्रीलाई अनुमति दिए। १५ जेठ वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। 

बजेट वक्तव्य सुन्न राजनीतिक दलका नेतादेखि कर्मचारी प्रशासन, उद्योगी, व्यापारीका नेताहरु पनि प्रतिनिधिसभा भवनमा छन्। 

प्रतिनिधिसभा दुवै सदनमा बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री डा. महत बजेटको ब्रिफकेस बोकेर संसद् पुगेका थिए। दिउँसो ४ बजेर १५ मिनेटमा बजेट भाषणका लागि मन्त्री संसद पुगेका हुन्।

चालू आर्थिक वर्षको बजेट अर्थमन्त्रीले कालो लेदरको ब्यागमा राखेर प्रस्तुत गर्न लागेका छन्। गत आर्थिक वर्षको बजेट रातो ब्यागमा राखेर प्रस्तुत गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 29, 2023| 16:40 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्