बुधबार, भदौ ११, २०८२

एनसेल कन्सर्टमा झुम्यो विराटनगर

 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्टमा चर्चित कलाकारहरुले प्रस्तुति दिएका छन्।

Kumaribank

दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, आशिष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित लगायतले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए।

कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा रौनकता थपेको थियो। सांगीतिक कार्यक्रममा झुम्न पाएका हजारौं विराटनगरका दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो। त्यस्तै अस्मिता अधिकारी र सुनिल पण्डितले दर्शकलाई गीतमार्फत मनोरन्जन दिलाएका थिए।

‘रमाऔ सधै सँगै’ भन्ने थिमका साथ आयोजना गरिएको यस सांगीतिक कार्यक्रमले विराटनगरबासीलाई मनोरञ्जन प्रदान गर्दै स्थानीयसँग प्रत्येक्ष जोडिने मौका मिलेको एनसेलले जनाएको छ। ग्राहक सुविधाको लागि कार्यक्रमस्थलमा एनसेल स्टलका साथै अन्य फुड स्टलहरु पनि राखिएका थिए। यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते काठमाडौंको दरबारमार्गमा दरबारमार्ग सडक महोत्सव आयोजना गरेको थियो।

प्रकाशित: May 29, 2023| 15:47 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्