मंगलबार, असोज ९, २०८०

सिएट टायरको 'सिएट सपी' बालकुमारी ललितपुरमा

 |  सोमबार, जेठ १५, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं- नारायणी अटो बिजनेस प्रालिले ‘सिएट सपी’ नामक सिएट टायरको नयाँ शोरुम ललितपुरको बालकुमारीमा सुरुआत गरेको छ। यसको उद्घाटन सिएट इडियाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आज आयोजित समारोहबीच गरे। 

sagarmatha cement

कार्यक्रममा रावले भने, ‘सिएट टायरको यस नयाँ शोरुमले नेपाली ग्राहकको बद्लिँदो इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढंगले परिपूर्ति गर्ने कुरामा मलाई पूर्ण विश्वास छ।’ रावले सिएट इन्डिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्रान्डको छविलाई नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए। 

यसैगरी नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएटजस्तो गुणस्तरीय टायर ब्रान्डसँग जोडिन पाउँदा आफूलाई हर्ष एवं गौरवको अनुभव भएको बताए। यस शोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुंगा साबित हुने पनि उनले बताए। 

कार्यक्रममा सिएट इन्डियाका नेपाल र भुटानका कन्ट्री मेनेजर राजपाल चड्डाले सिएट टायरको गुण एवं विशेषताहरुबारे प्रस्ट पारेका थिए। 

यस्तै सिएट टायरका नेपालस्थित आधिकारिक बिक्रेता एसटीसीका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले भने, ‘यस टायर लामो समयदेखि  नेपाली ग्राहकको पहिलो रोजाइ पर्न सफल ब्रान्ड हो। हामी निरन्तर ग्राहकलाई गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिबद्ध छौँ।’

यस नयाँ शोरुमको उद्घाटनका अवसरमा सिएट टायरको मोडेलअनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जानकारी गराएको छ।  अन्य उस्तै खालका टायरभन्दा उत्कृष्ट कार्यक्षमताको लागि सिएटले फाइभ स्टारको मान्यता प्राप्त गरेको छ। गाडीहरुको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषताहरुले पनि सम्पन्न छ। त्यसैगरी यस उत्पादनले इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग गर्दछ।
 

प्रकाशित: May 29, 2023| 15:45 सोमबार, जेठ १५, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

सुपथ मूल्यका पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ रुपमा नागरिकलाई उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य।
कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो।