बिहीबार, पुस १०, २०८२

नेपाल लाइफले गर्‍यो ६४ लाख दाबी भुक्तानी

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। 

National life

टीकापुर नगरपालिका १, कैलाली घर भएका बीमित नर बहादुर साउदको गत वैशाख १६ गते क्यान्सरका कारण निधन भएको थियो। टीकापुरमा आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख २५ हजार रुपैयाँको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका हुन्। 

आफ्नो जीवनकालमा मृतकले नेपाल लाइफ इन्स्योरेन्स टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते ५० लाख रुपैयाँ बीमांक भएको जीवन बीमा योजना लिएका कम्पनीको भनाइ छ। 

बीमांक बापतको रकम अन्तर्गत ५० लाख रुपैयाँ र बोनस बापत १४ लाख २५ हजार गरी जम्मा ६४ लाख २५ हजार रुपैयाँ इच्छाइएको व्यक्तिलाई प्रदान गरिएको हो।

कागजात प्राप्त भएको पाँच दिन भित्र नै कम्पनीले उक्त रकम भुक्तानी गरेको बताएको छ। दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 29, 2023| 15:45 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्