मंगलबार, असोज ९, २०८०

युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

 |  सोमबार, जेठ १५, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं- युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ। जेठ १४ गते आइतबारदेखि एकीकृत कारोबार शुरु गरेको कम्पनीले आगामी चार वर्षभित्र सर्वश्रेष्ठ ५ निर्जीवन बीमा कम्पनीभित्र पर्ने उद्घोष गरेको छ। 

sagarmatha cement

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरेका हुन्। 

मर्जरसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ। कम्पनीको नेट वर्थ ३ अर्ब २६ करोड ३५ लाख पुगेको छ। त्यसैगरी शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायम भएको छ।

बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ। नियमनकारी निकायले तोकेका क्षेत्रहरुमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ। 
 

प्रकाशित: May 29, 2023| 15:43 सोमबार, जेठ १५, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

सुपथ मूल्यका पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ रुपमा नागरिकलाई उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य।
कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो।