मंगलबार, असोज ९, २०८०

प्रथम ललितपुर जुत्ताचप्पल व्यापार मेला जेठ १७ देखि

 |  सोमबार, जेठ १५, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं- यहि जेठ १७ गतेदेखि ललितपुरमा प्रथम जुत्ता चप्पल व्यापार मेला सुरु हुने भएको छ । ‘नेपाली उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ भन्ने नारासहित असार १७ गतेसम्म चल्ने गरी व्यापार मेला आयोजना हुने भएको हो ।

sagarmatha cement

एक महिनासम्म चल्ने मेला जाउलाखेल खेल मैदानमा हुनेछ । मेलाले आर्थिक मन्दीतर्फ उन्मुख नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने तथा जुत्ता र चप्पलको उत्पादन र बिक्री वितरणमा जोड दिने अपेक्षा आयोजकको छ । फुटवेयर क्षेत्रका वारेमा धेरै चर्चा, परिचर्चा, छलफल र बहसहरु निरन्तर भइरहेको आयोजकको भनाई छ ।

फुटवेयर क्षेत्र जुत्ता चप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन सक्षम रहेको समेत बताइएको छ । एक महिनासम्म चल्ने मेला बिहान ९ देखि बेलुका ७ बजेसम्म चल्ने बताइएको छ । मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरुको सहभागीता रहनेछ । मेलामा झण्डै २ दर्जन कम्पनीहरुको सहभागिता रहेन आयोजकले बताएको छ ।

मेलामा नेपाली उत्पादकको मूल्य २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने बताइएको छ भने मेला अवधिभरमा ५ करोडको कारोबार गर्ने लक्ष्य लिइएको मेला संयोजक दिवाकर गिरीले बताए ।
 

प्रकाशित: May 29, 2023| 15:42 सोमबार, जेठ १५, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

सुपथ मूल्यका पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ रुपमा नागरिकलाई उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य।
कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

कालोपत्रे गरेको तीन महिनामै भत्कियो सडक

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो।