सोमबार, असार २९, २०८३

महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड सेवा सुरु 

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

काठमाडौं-  महालक्ष्मी विकास बैंकले २९औँ वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका हुन्।

ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।  

क्रेडिट कार्ड प्रयोगकर्ताले पोइन्ट अफ सेल, अनलाइन कारोबार तथा भिसा कार्डमार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा र वस्तु वा सेवाहरू खरिद गर्दा अधिकतम ४५ दिनसम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा १५ हजारदेखि पाँच लाखसम्म पाउने तथा नेपाल, भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिनेजस्ता विशेषता क्रेडिट कार्ड सेवामा उपलब्ध छन्।

प्रकाशित: May 28, 2023| 18:02 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्