सोमबार, असार २९, २०८३

सानिमा बैंकद्वारा बैंकिङ सेवा बिस्तार

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

काठमाडौं- सानिमा बैंकले लमजुङको त्रिवेणी टोल बेंसीशहर-७ मा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन ब्राण्ड प्रवर्द्धक कलाकारद्वाय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्त रूपमा गरेका छन्।

उद्घाटन समारोहमा मह जोडीले लमजुङ बेंसीशहरमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनी विश्वसनीय बैंकको रूपमा निरन्तर बिस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन्।

यस्तै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकका ग्राहम तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि धन्यवाद व्यक्त गरेका छन्।
 

प्रकाशित: May 28, 2023| 18:01 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्