काठमाडौं- सरकारले सार्वजनिक संस्थानमा गरेको ठूलो लगानीको प्रतिफल न्यून देखिएको छ। सार्वजनिक संस्थानमा सरकारले ६ खर्ब १८ अर्ब रुपैयाँ लगानी गरे पनि त्यसको न्यूनमात्रै लाभ देखिएको हो।
गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले सार्वजनिक संस्थानबाट ६ अर्ब १५ करोड रुपैयाँ (करिब १ प्रतिशत)मात्र लाभ पाएको छ।
आइतबार संघीय संसद्मा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थाको स्थिति प्रतिवेदनले २५ वटा सार्वजनिक संस्थानमात्रै नाफामा देखिएका छन् भने १७ सार्वजनिक संस्थान घाटामा छन्।
हेर्नुस् सार्वजनिक संस्थानको स्थिति समीक्षा