सोमबार, असार २९, २०८३

आर्थिक वृद्धि २.१६ प्रतिशत हुने प्रक्षेपण

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धि २.१६ प्रतिशत हुने प्रक्षेपण सरकारले गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्‍मा आज चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्। 

केही समयअघि केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले दोस्रो त्रैमासमा आर्थिक वृद्धि १.१ प्रतिशतले ऋणात्मक भएको देखाएको थियो। विभागले यो आर्थिक वर्ष २.१६ प्रतिशत आर्थिक वृद्धि हुने बताएको थियो। सरकारले यही प्रक्षेपणलाई आधार लिएको हो।

विश्व बैंकले नेपालको यो वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.४ प्रतिशतको वृद्धि हासिल हुने बताएको छ।

प्रकाशित: May 28, 2023| 15:01 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्