सोमबार, असार २९, २०८३

भारतसँग तल्लो अरुण आयोजनाको पीडीए गर्ने निर्णय

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

लगानी बोर्डले तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले ६६९ मेगावाटको आयोजनाको पीडीए गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीको आशन्न भारत भ्रमणका क्रममा तल्लो अरुणको पीडीए हुनेछ। यो आयोजना बनाउन भारत तयार भइसकेको छ।

बैठकमा चिनियाँ कम्पनीको मातहतमा रहेको तमोर जलविद्युत आयोजनाको विषयमा समेत छलफल भएको थियो। चिनियाँ कम्पनीले तमोर आयोजना बनाउने तय भए पनि आयोजनाको काम अघि बढेको छैन।
 

प्रकाशित: May 28, 2023| 10:55 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्