बिहीबार, भदौ १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भारत भ्रमण, बजेट र कैद माफीबारे छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक

भारत भ्रमण, बजेट र कैद माफीबारे छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक

 |  आइतबार, जेठ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

vianetvianet

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपषिद्को आकस्मिक बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो।

Kumaribank

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विशेषगरी प्रधानमन्त्रीको आशन्न भारत भ्रमण, भोलि संसद्‍मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने कैद माफीबारे छलफल र निर्णय हुनेछ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि भारत भ्रमणमा जाँदै छन्। त्यस्तै सरकारले नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनामा जन्मकैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी फाइल अघि बढाएको छ। 

आजको बैठकले साथै भोलि संसद्‍मा पेस हुने बजेट पनि पास गर्नेछ।

प्रकाशित: May 28, 2023| 09:56 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्