मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्। आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले पूर्वप्रमहरुको बैठक बोलाएका हुन्। 

बैठकमा पूर्वप्रधानमन्त्रीसहित, राजनीतिक दलका शीर्ष नेताहरु, पूर्व परराष्ट्रमन्त्री पनि सहभागी हुनेछन्।

आज नै उनले भारतका लागि पूर्व नेपाली राजदूतहरुसँग पनि छलफल गर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन्।

प्रकाशित: May 28, 2023| 09:42 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्