मंगलबार, भदौ २, २०८३

चट्याङसहित वर्षाको सम्भावना, सजग रहन आग्रह

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

आज (आइतबार) बिहान कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशको दक्षिण र पूर्वी भूभागका एक–दुई ठाउँमा वर्षा भएको हो।

कोशी प्रदेशको पनि पूर्वी भूभागका एक–दुई स्थानमा वर्षा भइरहेको छ। यसबाहेक कोशी प्रदेशमा सामान्य बदली (५१ देखि ७५ प्रतिशत आकाशमा बादल) भएको छ भने गण्डकी र बागमतीका पहाडी भेगमा आंशिक (२६ देखि ५० प्रतिशत आकाशमा बादल) देखि सामान्य बदली भई देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा (२५ प्रतिशत आकाशमा मात्र बादल) रहेको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षा (१० मिलिमिटरसम्म पानी पर्नु) को सम्भावना छ। 

आज दिउँसो तराईका केही स्थानमा हावाहुरीको सम्भावना देखिएको छ। मौसम महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ-

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट जोगिन र हुनसक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित: May 28, 2023| 07:45 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्