शुक्रबार, वैशाख २६, २०८२

यस्तो छ आजको राशिफल [२०८० जेठ १४ गते]

 |  आइतबार, जेठ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

vianetvianet

मेष: आज पनि स्वास्थ्य भरपर्दो रहनेछ। लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ। मानसिक शान्ति र आराम मिल्नेछ। पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ। आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला। दिनमा ३ बजेपछि समय त्यति शुभ नहुने भएकाले सतर्क भएर काम गर्नुहोला।

triton college

वृष: आज समय खराब रहनेछ। चिसोका कारण पेट दुख्ने रोगले दु:ख दिने सम्भावना छ। त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला। आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ। त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला। आज पश्चिम दिशाको यात्रामा ननिस्कनु राम्रो हुनेछ। सामाजिक एवं धार्मिक कार्यमा समय शुभ छ।

मिथुन: आज समय शुभ छ। व्यापारमा सबै प्रकारले लाभ मिल्नेछ। स्वास्थ्यले पनि राम्रो साथ दिनेछ। उठ्नुपर्ने रकम उठ्नेछ। राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ। घरमा नयाँ समान किनमेल हुनेछ। आज उत्तर दिशाको यात्राले लाभ मिल्नेछ। धार्मिक कार्यमा गरेको लगानीले राम्रो नाम कमाउन सकिनेछ।

कर्कट: आज पनि समय शुभ छैन। स्वास्थ्य एक्कासी बिग्रने अवस्था आइपर्नेछ। चिसोले दु:ख दिन सक्नेछ। मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबडी हुन सक्नेछ। यात्रामा संकट पर्न सक्ने भएकाले आज दक्षिण दिशाको यात्रा नगर्नुहोला। आँखा वा शरीरको कुनै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ।

सिंह: आज पनि स्वास्थ्य भरपर्दो रहने छैन। गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन्। मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, पेट रोगले सताउने, खानामा गडबडी, दुखको समाचार प्राप्त हुन सक्नेछन्। जस्तोसुकै बाधा परेपनि निरास र हतास नहुनुहोला। टाढाको यात्रा नगर्नुहोला। शैक्षिक क्षेत्रबाट भने राम्रो फाइदा पाइनेछ।

National life insurance

कन्या: आज समय खराब रहनेछ। मानसिक चिन्ता थप्नेछ। नबोलाएको ठाउँमा नजानु होला। बद्नाम अपमानको सम्भावना पनि छ। घरमा तथा परिवारका लागि अनावश्यक खर्च भै जाने अवस्था छ। सकेसम्म जसको जे काम गर्नु छ, उही व्यक्तिसँग पैसा लिएर काम गर्ने गर्नुहोला। आज साँझमा ५ बजेपछिको समय मध्यम शुभ रहनेछ।

तुला: आज स्वास्थ्य राम्रो रहनेछ। आशा नै नगरेको ठाउँबाट धन प्राप्त हुन सक्नेछ। जमिन किन्नु छ आज किन्नुहोला। उच्चस्तरीय घनिष्ट मित्रसँगको भेट, पेशागत क्षेत्रमा नयाँ लाभका सम्भावना बढेर जानेछन्। जताबाट पनि हर्ष र खुसीका खबरहरू प्राप्त हुनेछन्। समय शुभ रहेकाले समयको सही उपयोग गर्नुहोला।

वृश्चिक: आज स्वास्थ्य भरपर्दो रहनेछ। टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ। मनमा एकप्रकारको ढुक्कपन रहने, दौडधूप त्यति गर्नुपर्ने छैन। परिवारका सदस्यहरूबाट राम्रो सहयोग हुनेछ। सबै सजिलै सम्पन्न गर्न सकिनेछ। आज दिउँसो ३ बजेपछि स्वस्थ्यमा केही समस्या देखिनेछ। विशेषगरी खानपानमा ध्यान पुर्याउन आवश्यक छ।

धनु: आज जन्मराशिदेखि नवौं भावमा रहेको चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ। नबोलाएको ठाउँमा जानुपर्नेछ। आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना छ। जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ। आज टाढाको यात्रा, महत्वपूर्ण निर्णय नगर्नु नै सबैभन्दा राम्रो हुने देखिन्छ। समग्रमा समय खराब छ। सतर्क हुन आवश्यक छ।

मकर: आजको दिन जोखिम पाराले बित्नेछन्। आफन्त कुलकुटुम्बका व्यक्तिजन एवं मित्रजनसँग वैरभाव उत्पन्न हुनेछ। धन हानी, पूर्ण हुन लागेको कार्य बिग्रन सक्छ। तर दिनमा ३ बजेपछि शुभग्रहको प्रत्यक्ष प्रभाव पर्नेछ। धन कमाउने अवसर मिल्नेछ। परिवारजनमा खुसी र सुखी बनाउन सकिने, धार्मिक एवं सामाजिक कार्यमा प्रशंसा मिल्नेछ।

कुम्भ: आज समय शुभ छ। दु:ख कष्टहरु हराउनेछन्। स्वच्छ, निश्चल सोचाइ बढ्नेछन्। विशेषगरी आज पढाई लेखाई, कलाकृति, आकृतिका काम लगायत परीक्षा र प्रयोगात्मक कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ। आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ। अरु व्यक्तिले आफ्नो प्रशंसा गर्नेछन् तर दिउँसो ३ बजेपछिे भने हरेक कार्यमा होशियारी अपनाउनु आवश्यक छ।

मीन: आज समय खराब छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन। त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ। घनिष्ट मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन्। अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला। दिनमा ३ बजेपछि समय शुभ हुने देखिन्छ। यात्रा लेनदेन पनि यसै समयमा मात्र गर्नुहोला।

प्रकाशित: May 28, 2023| 06:06 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्