शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • शरणार्थी प्रकरणमा दोषी-निर्दोष छुट्याउने हामी न्यायाधीश होइनौं: शर्मा

शरणार्थी प्रकरणमा दोषी-निर्दोष छुट्याउने हामी न्यायाधीश होइनौं: शर्मा

 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसद्मा दिएको अभिव्यक्तिप्रति विमति राखेका छन्। यसअघिको बैठकमा अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिलाई निर्दोष भनेर न्यायाधीशको काम गरेको आरोप शर्माले लगाए।

triton college

उनले भने, ‘पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको छ भनेर उल्लेख गर्नुभयो। यही रोस्ट्रममा उभिएर भन्नुभयो। को दोषीको को निर्दोष नेपाल प्रहरीले छानबिन गर्दैछ। हामी न्यायाधीश होइनौं यहाँबाट फैसला सुनाउन। यहाँबाट यो दोषी यो निर्दोष भन्ने कुरामा मेरो विमति छ।’

महामन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै सरकारले भ्रष्टारको फाइल खोलिरहेको बेला समर्थन फिर्ता लिने कदम उचित नभएको बताए। उनले भने, ‘यो समय सरकारलाई साथ दिने समय हो। भ्रष्टाचारको फाइल सरकाले खोलेको बेला बधाई छ सरकार भन्ने हो। यो समय सरकारभन्दा बाहिर रहेको दलले पनि सरकारलाई समर्थन गर्ने समय हो। सरकारलाई दिएको समय फिर्ता लिने समय होइन।’

यो प्रकरणमा छानबिन निष्पक्ष रुपमा हुनुपर्ने र आवेगमा आउन जरुरी नरहेको उनको भनाइ छ। उनले अगाडि थपे, ‘नेपाली कांग्रेसका नेता पहिला पनि भ्रष्टाचारको मुद्दामा जेल पर्नुभयो अहिले पनि मुद्दाको सामना गरिरहनु भएको छ। न पहिले हामीले उहाँहरुलाई निर्दोष भन्यौं न अहिले।’ 

प्रकाशित: May 27, 2023| 18:49 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्