आइतबार, असोज ४, २०८३

पीपीएल : टस जितेर चितवनले फिल्डिङ गर्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

फाइल तस्बिर
पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत बुटवल ब्लास्र्टविरुद्ध चितवन राइनोजले फिल्डिङ गर्दै छ । पारस खड्काको कप्तानीमा रहेको चितवनले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो । 

पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु भएको खेलमा सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले ब्याटिङ गर्दै छ । निकैनै रोमाञ्चक हहुने अनुमान गरिएको यस खेलमा दुबै टोली आफ्नो पहिलो जितको खोजीमा हुनेछ । 

दुबै टोलीमा उत्कृष्ट खेलाडीहरुले भरिएको छ । कप्तान पारसको चितवनमा भेट्रान बलर तथा पुर्व खेलाडी शक्ति गौचन, राष्ट्रिय टोलीका सदस्यहरु अनिल कुमार साह, भुवन कार्की, करण केसी र आरिफ शेख जस्ता खेलाडी रहेका छन् । 

चितवनमा उमेर समूहमा उच्च प्रदर्शन गरिरहेका राम नरेश गिरी, हरि शंकर साह, विनोद लामा, सुमित महर्जन र सोनु तामाङ जस्ता खेलाडी छन् । यस्तै चितवनलाई भारतका सन्नी पटेल र समित पटेलको आगमनले थप बलियो बनाएको छ । 

यता, चितवनलाई रोक्न सोमपालको टिम बुटवलले राष्ट्रिय टिम र उमेर समूहमा चलेका खेलाडीहरु मैदान उत्राने छन् । बुटवललाई राष्ट्रिय टोलीबाट खेलिसकेका सिधान्त लोहनी, राष्ट्रिय टोलीका ललित सिंह भण्डारी, सागर पुन जस्ता खेलाडीको साथ रहेको छ । 

यस्तै उमेर समूहका साम्सद शेख, हरि चौहान, शंकर राना, पुरण बिक, हसिम अन्सारी, भिम सार्की, प्रकास केसी, अविनाश बोहोरा, नितेश थापा, बिपिन खत्री जस्ता खेलाडीको साथ रहेको छ । युएईका कप्तान रोहन मुस्तफा र चिराग सुरीको साथले बुटवल थप बलियो बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।