शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • पशुपतिको जलहरीबारे अख्तियारले छानबिन गरिरहेको छ: प्रधानमन्त्री

पशुपतिको जलहरीबारे अख्तियारले छानबिन गरिरहेको छ: प्रधानमन्त्री

 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरमा जलहरीमा राख्ने सुनमा भ्रष्टाचार भएको भनिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताएका छन्। उनले उक्त विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर संसद्मा प्रश्न उठ्नु सही नभएको बताए। 

triton college

प्रतिनिधिसभाको शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले पशुपतिनाथमा जलहरी राख्ने क्रममा भएको अनियमितताको अख्तियारले स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने बताए। पशुपति क्षेत्र विकास कोषससँग सम्बन्धित उक्त विषयको छानबिनमा सरकारले सघाउने पनि बताए।

उनले भने, 'पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानीत सदनमा चर्चा उठेको छ। पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास को‍षको हो र सोही संस्थाले काम गरेको विषयमा विवाद छैन। जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन भइरहेको छ। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ। यसमा सरकारको सहयोग रहनेछ। पशुपति विकास कोषमा लगाइएको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन। यस्ता विषय संसद्को रेकर्डबाट हटाउने व्यवस्था पनि रहेकै छ।'

जेठ १० को प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा पशुपतिनाथमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको र सुनको ठाउँमा पित्तल राखेको बताएका थिए। त्यसपछि एमालेले सदन चल्न दिएको थिएन। आज उक्त विषय संसदीय रेकर्डबाट हटेपछि सदन सुचारु भएको हो।

प्रकाशित: May 27, 2023| 18:17 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्