शुक्रबार, वैशाख १४, २०८१

हतियार किन्ने विषयले सेना विवादमा

 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

काठमाडौं- चीनको नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसन लिमिटेड (नोरिन्को) बाट ६ अर्ब रुपैयाँका बख्तरबन्द गाडी खरिद गर्ने प्रक्रिया अगाडि बढाएपछि नेपाली सेना विवादमा तानिएको छ। सेनाले २६ वटा बख्तरबन्द गाडी (एपीसी) खरिद गर्ने योजना बनाएको खुलेको छ। एजेन्टमार्फत महँगो मूल्यमा सामान खरिद गर्ने प्रक्रिया अगाडि बढेपछि सेना आलोचित बनेको छ।

triton college

विभिन्न शान्ति मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकले प्रयोग गर्ने गरी सेनाले सामान खरिद गर्न लागेको हो। जानकारहरु भने यी सामान सेनालाई अहिले आवश्यक नै नभएको तर्क गर्छन्। हतियार खरिदको कुरा बाहिर आएपछि प्रधानसेनापति प्रभुराम शर्माले भने यो कुराको  खण्डन गरेका छन्। शर्माले चीनबाट हतियार ल्याउने समाचार गलत भएको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संगठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको बताएका हुन्। 

शर्माले नेपाली सेनाको हतियार खरिद गर्ने कुनै योजना नभएको दाबी गरे पनि चिनियाँ दूतावासमार्फत ६ अर्ब बराबरको २६ एपीसी र ७२ टयाक्टिकल भेइकल खरिद गर्ने निर्णय भइसकेको स्रोत बताउँछ। सेनाले हतियारको गोली पनि चीनबाट खरिद गर्ने प्रक्रिया अघि बढाइसकेको छ। सेनाले आफ्नो कल्याणकारी कोषबाट शान्ति सेनालाई आवश्यक पर्ने गाडी र गोली चीनबाट खरिद गर्न लागेको स्रोतको दाबी छ। प्रधानसेनापति शर्मा चीन भ्रमणको तयारीमा पनि रहेका छन्।

हतियारसहितको एपीसी खरिदका लागि एलसी खोल्न हिमालयन बैंकलाई सेनाले पत्रसमेत पठाइसकेको छ। सेनाले चीनबाट मात्र नभएर भारतबाट समेत चारवटा एपीसी खरिद गर्ने निर्णय गरेको छ। भारतको महिन्द्रा कम्पनीबाट सेनाले एपीसी खरिद गर्न लागेको हो। 

corrent noodles
Metro Mart

भारतबाट ल्याउन  लागिएको एपीसीको मूल्य करिब चार करोड र चीनबाट ल्याउन लागेको एपीसीको मूल्य ७ करोड ७५ लाख रहेको छ बताइएको छ। दुवै देशबाट एउटै प्रक्रियामा एपीसी खरिद गर्न लागिएको हो।

नेपाली सेनाले विवादास्पद कम्पनीबाट हातहतियार किन्न लागेको विषयमा भारतीय सञ्चारमाध्यमले पनि समाचार प्रकाशित गरेका छन्।

नवभारत टाइम्सले 'चीनलाई रिझाउन नेपाली सेनाले भारतलाई दियो झट्का, बदनाम कम्पनीबाट हतियार र गाडी किन्न लागिएपछि भड्किए प्रचण्ड' शीर्षकमा समाचार प्रकाशित गरेको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा नेपाली सेनाले यस्तो काम गरेर विवाद निम्त्याएको समाचारमा उल्लेख छ। भारतबाट सस्तोमा नकिनेर चीनबाट महँगो मूल्यमा खरिद गर्न लागिएपछि खरिद प्रक्रिया विवादमा परेको हो। 

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हतियार खरिदको निर्णय गरेको समाचारमा उल्लेख छ। सो निर्णयलाई अहिलेको पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन गर्न सेनालाई अनुमति दिएको हो।

सेनाले किन्न लागेको नोरिन्को कम्पनीले उत्पादन गर्ने एपीसीको गुणस्तर कमजोर मानिएको छ। सन् २०१९ मा केन्यामा भएको एक घटनामा विद्रोही पक्षले हमला गर्दा राष्ट्रसंघीय मिसनमा खटिएका पाँच सैनिकको मृत्यु भएको थियो। चीनबाट खरिद गरिएको गुणस्तर कमजोर भएको एपीसीका कारण शान्ति मिसनमा खटिएका सैनिकको मृत्यु भएको दाबी स्रोतको छ। सेनाले यस्तो विवादित कम्पनीबाट प्रतिस्पर्धाबिनै हतियार खरिद गर्न लागेको भनेर आलोचना भइरहेको छ।

यसअघि पनि नेपाली सेनाले अमेरिकाबाट हतियार ल्याउन खोजेको थियो। गत कात्तिकमा प्रधानसेनापति प्रभुराम शर्माले पटक पटक कुराकानी गरे पनि चुनावअघि डलरको व्यवस्था गर्न नसकिने जानकारी अर्थ मन्त्रालयले दिएपछि रोकिएको थियो।

बंकर टु ब्यारेकका निम्ति सरकारले सेनालाई छुट्याएको बजेट प्राप्त नभएपछि सेनाले अर्थ मन्त्रालयलाई ताकेता गरेको थियो। 

प्रकाशित: May 27, 2023| 17:41 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्