शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • 'स्वास्थ्य सामग्रीको दुई अर्ब भ्रष्टाचार र पशुपतिमा सुन भनी पित्तल राखेको' शब्द हटाउन सभामुखको निर्देशन

'स्वास्थ्य सामग्रीको दुई अर्ब भ्रष्टाचार र पशुपतिमा सुन भनी पित्तल राखेको' शब्द हटाउन सभामुखको निर्देशन

 |  शनिबार, जेठ १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को रेकर्डबाट माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जेठ १० गतेको बैठकमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरेको भनेको र पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तल राखेको भनेका शब्द हटाउन निर्देशन दिएका छन्। 

प्रतिनिधिसभाको शनिबारको बैठकमा सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी एमालेको माग र सोही विषयलाई लिएर संसद् अवरोध गरेपछि संसद्को रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्। एमालेले पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल राखेको भन्ने शब्द हटाउन माग गरेको थियो। तर, शनिबारको बैठकमा सभामुख घिमिरेले भने कोरोनाकालमा स्वास्थ्य सामग्री खरिदमा दुई अर्ब भ्रष्टाचार गरेको भन्ने शब्द पनि हटाउन निर्देशन दिइएको हो। 'स्वास्थत्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएको भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गर्दछु,' सभामुखले भने।

प्रतिनिधिसभाको जेठ १० को बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको, पशुपतिनाथमा जलहरी राख्ने क्रममा सुन भनेर पित्तल राखिएको बताएका थिए। त्यतिबेला प्रधानमन्त्री ‌ओलीले त्यस्तो हुनबाट नरोकेको उनले बताएका थिए। सांसद दाहालको उक्त भनाइप्रति प्रमुख प्रतिपक्षी एमालेले शुक्रबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो।

प्रकाशित: May 27, 2023| 17:39 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्