मंगलबार, भदौ २, २०८३

हाम्रो ठमेल, सफा ठमेल अभियान सुरु

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सफाइ अभियान थालिएको हो।
 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

काठमाडौं–‘हाम्रो ठमेल, सफा ठमेल’ नारासहित राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सरसफाइ अभियान थालिएको छ। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन सफाइ अभियान थालिएको हो।

परिषद्को अगुवाइमा काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, पर्यटक प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले ठमेलमा सरसफाइ गरेका परिषद् अध्यक्ष भविश्वर शर्माले जानकारी दिए। ‘सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियान निरन्तर रुपमा अगाडि बढाउँछौं,’ उनले भने।

परिषद् उपाध्यक्ष सहदेव धमलाले व्यवसायी र घरधनीबाट सुरु भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने बताए। ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक भएको उनको भनाइ छ। अभियान निरन्तर अघि बढ्ने उपाध्यक्ष धमलाले बताए।

प्रकाशित: May 27, 2023| 15:27 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्