बिहीबार, साउन ७, २०८३

एक खेल अगावै अष्ट्रेलियासँगको सिरिज पाकिस्तानलाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-अष्ट्रेलियासँगको तीन टी-२० क्रिकेट श्रृंखला खेलि रहेको पाकिस्तानले एक खेल अगावै सिरिज जितेको छ । पहिलो खेल ६६ रनले विजय भएको पाकिस्तान शुक्रबार राती भएको दोस्रो खेलमा अष्ट्रेलियामाथि  ११ रनले विजय हुँदै श्रृंखला २-० ले कब्जा गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । 

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र नाथन कुल्टन नाईलले राम्रो ब्याटिङ गरेपनि ओपनर सामान्य लक्ष्य पुरा गर्न सकेनन् । आक्रमक ब्याटङ गरेका म्याक्सवेलले ३७ बलमा ४ चौका र दुइ छक्का प्रहार गर्दै ५२ रन बनाए ।

त्यस्तै नाथन कुल्टनले १७ बलमा ३ छक्का प्रहार गर्दै २७ रन बनाए । मिचेल मार्शले २१ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटम्यानले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानका लागी सादब खान र साहिन अफ्रिदीले समान २ विकेट लिदा इमाद वासिम र मोहम्मद हफिजले पनि समान एक एक विकेट लिए ।

यसअघि पाकिस्तानले ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । उस्का लागि बाबर आजम ४५, हफिज ४०, फहिम असरार्फ १७ र फकार जमान ११ ले रन जोडेका थिए । अष्ट्रेलियाका लागि नाथन कुल्टनले ३ तथा बीलि स्टेनलेकले २ विकेट लिएका थिए । तेस्रो तथा अन्तिम खेल आगमी अक्टोबर २८ मा हुने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।