सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौंबाट भारतको बेंग्लोर उडेको नेवानि जहाजमा चरा ठोक्किएको अनुमान

काठमाडौंबाट भारतको बेंग्लोर उडेको नेवानि जहाजमा चरा ठोक्किएको अनुमान

१५४ यात्रु लिएर काठमाडौंबाट बैंग्लोर उडेको नेवानि जहाज चरा ठोक्किएपछि काठमाडौंमै फर्कियो।
 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

काठमाडौं– काठमाडौंबाट भारतको बेंग्लोर उडेको नेपाल एयरलाइन्सको जहाजमा चरा ठोक्किएको अनुमान गरिएको छ।त्रिभुवन विमानस्थलबाट केही बेरअघि उडेको जहाज चरा ठोक्किएको शंकापछि ४० माइल पर पुगेपछि विमानस्थलमै फर्किएको हो।

जहाजमा १५४ यात्रु सवार रहेको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ। थप विवरण आउन बाँकी छ।

एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंग्लोरका लागि उडान भरेको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

प्रकाशित: May 27, 2023| 15:07 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्