बिहीबार, भदौ १२, २०८२

जुम्ला र कालीकोटमा नेपाल टेलिकमको एनटी फाइबर सेवा

एनटी फाइबरमार्फत ग्राहकले अत्याधुनिक प्रविधि प्रयोग गरी एउटै तारबाट एचडी गुणस्तरयुक्त आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन्।
 |  शनिबार, जेठ १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

vianetvianet

काठमाडौं– नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालीकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ सुरु गरेको छ। टेलिकमले गत १० जेठमा कालीकोट र ११ जेठान जुम्लामा एनटी फाइबार सेवा सुरु गरेको हो। 

Kumaribank

टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवा सुरु गरेका हुन्।

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन्। यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ।

फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफरअन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिनेछ। यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ। एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले टेलिकमले यसलाई थ्री प्लस वान नामकरण गरेको छ। 

हाल स्प्रिङ अफरअन्तर्गत डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक ८,००० मा उपलब्ध हुनेछ। एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२,००० मा २० एमबीपीएसको इन्टरनेट, ३,००० मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

Metro Mart

प्रकाशित: May 27, 2023| 14:44 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्