शुक्रबार, मंसिर २२, २०८०

निर्माण सकिएको पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायत विषय समेटिएका छन्। 
 |  शनिबार, जेठ १३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

काठमाडौं– निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ। शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिए। 

sagarmatha cement

‘चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायत विषय समेटेको छु। यो चलचित्रले त्यो समयलाई पर्दामा जीवित राखेको छ’, निर्देशक वलले भने।

भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ। 

‘मलाई सधैं बाँचिरहने चलचित्रमा अभिनय गर्न मन थियो किनकि ती चलचित्र जहिले देखाउन सकिन्छ। यस्तै चलचित्र बनेको छ’, अभिनेता राईले भने, ‘यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ। हामीले नेपालको सुन्दरता देखाउने प्रयास गरेका छौं।’

भत्किएका मन र सम्बन्धको पुनःनिमाणको कथा समेटिएको चलचित्र विविध कारणले प्रदर्शन हुन समय लागेको निर्देशक वलले जानकारी दिए। उनले भने, ‘हामीले प्रदर्शन तय गरेको समय कोरोना भाइरसका कारण सम्भव भएन। त्यसपछि अहिले बल्ल तय भएको छ। प्रदर्शन ढिलो हुँदा निर्माण लागत पनि बढेको छ।’

Metro Mart
worldlink

रुवि भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्र आफूले खोजेझैं भएको अभिनेता खतिवडाले बताए। ‘कहिले पैसा र कहिले कथाले मजस्ता कलाकारलाई चलचित्रमा आबद्ध हुन बाध्य बनाउँछ तर यसमा दुवै पाएँ’, उनले भने। पत्रकार सम्मेलनमा चलचित्रको गीत तथा ट्रेलर पनि देखाइएको थियो। 

सचिन घिमिरे एसोसिएट निर्देशक रहेको चलचित्रमा प्रमोद कार्कीले छायांकन, निमेष श्रेष्ठले सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङले संगीत दिएका छन्। चलचित्र २६ जेठबाट प्रदर्शनमा आउँदै छ।

प्रकाशित: May 27, 2023| 12:09 शनिबार, जेठ १३, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्