बिहीबार, भदौ १२, २०८२

काठमाडौंमा भूमिगत लाइनबाट बिजुली वितरण हुँदै

महाराजगञ्ज, रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालय, कीर्तिपुर आसपास क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली बाँडिन थालेको हो।
 |  शनिबार, जेठ १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं– विद्युत प्राधिकरणले २ महिनाभित्र काठमाडौं उपत्यकामा भूमिगत लाइनबाट बिजुली वितरण गर्ने भएको छ। प्राधिकरणले २ महिनापछि काठमाडौंको रत्नपार्क, महाराजगञ्ज, लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी थालेको हो।

कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ। महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालयसहित कीर्तिपुर आसपास क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्न तयारी सुरु भएको हो।

प्राधिकरणले सडकबाट उपभोक्ता घर र कार्यालयसम्म भूमिगत रुपमा तार लैजानेछ।  मिटरमा जोड्नेछ । भूमिगत लाइनबाट बिजुली जोडे पनि केही महिना पोल हटाइने छैन।

प्रकाशित: May 27, 2023| 11:01 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्