तनहुँ, ब्यास नगरपालिका-९ कुमाल गाउँस्थित सडकमा लु.२ त ८१३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही नगरपालिका-९ गजौडे बस्ने ४८ वर्षीय मान बहादुर थापा मगरको मृत्यु भएको छ।
दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरी, छिन्नमस्ता गाउँपालिका-३ स्थित सडकमा प्र.२-०१-००२ प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १८ वर्षीय श्याम कुमार यादव र मोटरसाइकल सवार विकास खंगको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा सवार १ जनाको स्थानीय मेडिकल पश्चात थप उपचारको लागि राजबिराजतर्फ पठाइएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसन्धान गरिरहेको छ।
करेन्ट लागेर मृत्यु
राजबिराज नगरपालिका-५ बस्ने १६ वर्षीय पेशालाल नन्दन यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ। सोही ठाउँस्थित चौरमा माईकको तार विद्युतको पोलमा जोडने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मृत फेला
पाँचथर, फाल्गुनन्द गाउँपालिका-५ निगुरे बस्ने ४९ वर्षीय आईत बहादुर सावा सोही ठाउँस्थित निगुरे खोल्सीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
रूपन्देही, सिद्वार्थ नगरपालिका-३ खजनास्थित गेष्ट हाउसमा दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने ५२ वर्षीय रुद्ध बहादुर डागी शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
सर्लाही, हरिवन नगरपालिका-१० नयाँ रोड चौकस्थित सडक छेउमा हाल नाम, थर, वतन, नखुलेका करिब ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
म्याग्दी, बेनी नगरपालिका-१ थाङनेबगरस्थित कालिगण्डकी नदीको छेउमा हाल नाम, थर, वतन, नखुलेकी ३५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।