सोमबार, असार २९, २०८३

२९ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

काठमाडौं– नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकले १४ जेठमा बोलकबोल गर्नेछ। यसअघि ८ जेठमा केन्द्रीय बैंकले ३४ अर्ब २० करोड बराबरको ट्रेजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो। पछिल्लो पटक बिक्री गर्न लागिएको टे«जरी बिल २८ दिने अवधिदेखि ३६४ दिने अवधिसम्मको छन्।

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो। केन्द्रीय बैंकका अनुसार हाल ट्रेजरी बिलको अल्पकालीन ब्याज ७.९१ प्रतिशत बराबर रहेको छ।

यस्तै, ३६४ दिनको ब्याज भने ८.८० प्रतिशत बराबर छ। अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत बराबर छ।

प्रकाशित: May 26, 2023| 16:55 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्