बिहीबार, भदौ १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मालारानीका माहुरीपालक किसानलाई गोलासहित माहुरी उपहार

मालारानीका माहुरीपालक किसानलाई गोलासहित माहुरी उपहार

सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले  ५१ कृषकलाई १०२ दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो।
 |  शुक्रबार, जेठ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

vianetvianet

गुल्मी– गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ। सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले  ५१ कृषकलाई १०२ दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो। 

Kumaribank

गत तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालिमे मौरी स्मार्ट कृषि गाउँ’ कार्यक्रम लागू भएसँगै त्यहाँका कृषकले व्यावसायिक रुपमा मौरीपालनमा सुरु गरेका थिए।

वडा–८ र ९ मा मौरी स्मार्ट कार्यक्रम लागू भएको थियो। त्यहाँका ५१ कृषक समूहमा आबद्ध  भएर व्यावसायिक रुपमा आधुनिक तरिकाबाट मौरीपालनमा जुटेका हुन्। 

समूहका एक कृषकको घारमा न्यूनतम ६ घार मौरी अनिवार्य रुपमा हुनुपर्दछ । ६ घार मौरी नभएको व्यक्ति समूहमा आबद्ध हुन पाउँदैन। वरिपरि घना जंगलका बीचमा अग्लो र रापिलो ठाउँ भएका कारण पनि मालारानी माहुरी चरन क्षेत्रका लागि पनि निकै उपयुक्त मानिन्छ।

त्यस क्षेत्रका मौरीपालक कृषकलाई व्यावसायिक बनाउँदै उनीहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले मुसिकोटमा उक्त कार्यक्रम लागू गरिएको केन्द्र प्रमुख नवराज भण्डारीले बताए।

Metro Mart

कार्यक्रममार्फत मौरी पकेट समूहमा आबद्ध सदस्यका घरधुरीमा अहिलेसम्म ६५० खाली र ३ सय गोलासहित मौरीका घार कृषलाई निःशुल्क उपलब्ध गराई सकिएको छ। 

अन्य व्यवसायभन्दा मौरीपालन व्यवसायबाट चाँडै आम्दानी गर्न सकिने र बजारमा महको माग पनि प्रशस्त हुने भएका कारण पछिल्लो समय त्यस क्षेत्रका अन्य कृषक मौरीपालनतर्फ आकर्षित हुँदै गएको मौरी पकेट समूहका अध्यक्ष चुमा घर्ती मगरले बताए।

कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई मौरी वृद्धि वर्ष, तेस्रो वषलार्ई मह वर्ष र चौथो वर्ष मौरी निर्यात वर्ष मनाउने गरी काम गर्दै आएको छ। 

उक्त समूह यो वर्षलाई मह वर्ष भनेर मह उत्पादनमा केन्द्रित छ। मालारानीको मह विषादीरहित, विभिन्न वनस्पतिजन्य फूलको रसबाट उत्पादित र प्रांगारिक भएका कारण पनि बजारमा यहाँको महको माग धेरै हुने गर्दछ।  उक्त गाउँमा अहिले ६ सय बढी मौरीका गोलासहित घार छन्। यहाँको मह प्रतिकिलो १ हजार ५ सयमा बिक्री हुँदै आएको छ।

प्रकाशित: May 26, 2023| 15:08 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्