शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे नागढुंगा सुरुङमार्ग अनुगमन

भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे नागढुंगा सुरुङमार्ग अनुगमन

विश्व बैंकका उच्च अधिकारीसहितको टोलीलाई लिएर नागढुंगा सुरुङमार्ग अनुगमनमा निस्किएका मन्त्री ज्वालाले नागढुंगा–मुग्लिन सडक विस्तारबारे पनि चासो राखे।
 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ। टोलीले नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको कामबारेसमेत स्थलगत अनुगमन गरिरहेको छ। 

National life

टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ। अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता छ। 

अनुगमनका क्रममा मन्त्री ज्वााले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ। सुरुङमार्गको मुख्य टनेल ६०० मिटर र रेस्क्यु टनेल २०० मिटर खन्न बाँकी छ। आउँदो दसैंसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ।

आउँदो डेढ वर्षभित्र गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र रुपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इन्जिनियर रमेश कोइरालाले बताए। 

२०७६ कात्तिकमा शिलान्यास गरिएको सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर छ। यहाँ ९ मिटर र ४ मिटरका दुई सुरुङ निर्माण भइरहेका छन्। कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्ग निर्माण अवधि एक वर्ष थपिएको हो। 

प्रकाशित: May 26, 2023| 11:09 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्