शनिबार, जेठ २, २०८३

सामसङ इनोभेसन क्याम्पसको पहिलो ब्याच सम्पन्न

 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

काठमाडौं- सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङको कोर्स सम्पन्न गरेको छ। प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन्।

National life

शिक्षा राज्यमन्त्री प्रमिला कुमारीको उपस्थितिमा क्याम्पसले विद्यार्थीहरूलाई कोर्स पुरा गरेको प्रमाणपत्र प्रदान गरेको छ। कार्यक्रममा सामसङको दक्षिण–पश्चिम एसिया, नेपाल कार्यालयका प्रमुख माननीय सुंगजुन पार्क र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधरराम जोशीको पनि उपस्थिति रहेको थियो।

‘पहिलो ब्याचका विद्यार्थीहरुले कोडिङ र प्रोग्रामिङ कोर्स पुरा गराउन पाउँदा हामी धेरै उत्साहित भएका छौं। हामी प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटसँग भविष्यका प्राविधिक आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डाटा डोमेनहरूमा विद्यार्थीहरूलाई उन्नत बनाउनको लागि दीर्घकालीन साझेदारीको अपेक्षा गर्दछौं। हाम्रो उद्देश्य सधैं सक्षम नेपाली युवाहरूलाई भविष्यका लागि राम्रोसँग अनुकूल बनाउनु र नेपालको बढ्दो अर्थतन्त्रमा विशेष गरी आविष्कार र प्रविधिको सन्दर्भमा योगदान पुर्‍याउने रहेको छ’ पार्कले भने।

सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो। यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपहरूमा तालिम दिने योजना रहेको छ। जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउने विश्वास छ।

त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा यो कोर्स सञ्चालन गरेकोमा सामसङलाई  प्राध्यापक एवम् डीन डा. शशिधर राम जोशीले धन्यवाद दिए।

प्रकाशित: May 25, 2023| 18:39 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्