मंगलबार, भदौ २, २०८३

बागमती सरकारको नीति तथा कार्यक्रम १४ जेठमा प्रस्तुत गरिने

 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

बागमती- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरे।

प्रकाशित: May 25, 2023| 18:03 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्