मंगलबार, साउन १९, २०८३

बागमती प्रदेशसभा बैठक बस्दै

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

हेटौँडा- बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालय भवन हेटौँडामा बस्नेछ।

बैठकमा आगामी आर्थिक वर्ष २०८–८१ को बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सरकारले यही असार १ गने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार हिजो बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले आजदेखी बजेटमाथिको छलफल गरिने कार्यसूची बनाएको हो।

प्रकाशित: Jun 27, 2023| 09:42 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्