आइतबार, वैशाख १६, २०८१

बागमती प्रदेशसभाको बैठक बस्दै

 |  बुधबार, असार १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

triton college
corrent noodles
Metro Mart

बागमती- बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक प्रदेश सभा  भवन, हेटौडामा बिहान ११ बजे बस्ने छ। प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा आजबाट असार १ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल सुरु हुनेछ।

हिजोका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अवरोधका कारण अवरुद्ध भएको थियो। एमाले र राप्रपाले बजेटमा भेदभाव भएको भन्दै अवरोध गरेका थिए।

आज सहमति कायम गरेर बैठक बस्न लागेको हो। आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए। 

प्रकाशित: Jun 28, 2023| 10:01 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्