शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बागमतीले प्रदेशभर घटायो गाडी भाडा, कार्यान्वयनमा शंका

बागमतीले प्रदेशभर घटायो गाडी भाडा, कार्यान्वयनमा शंका

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९० प्रतिशतले घट्यो। 
 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

काठमाडौं– पेट्रोलियम मूल्य घटेपछि स्वतः भाडा घट्ने प्रावधानअनुसार संघीय सरकारले मूल्य हेरफेर गरेको एक सातापछि बागमतीले आजदेखि प्रदेशभर लागू हुने गरी गाडी भाडा घटाएको छ।

National life

प्रदेश सरकारको यातायात मन्त्रालयले भाडा समायोजन गरे पनि यसअघि घटाइएको भाडा यातायात व्यवसायीले कार्यान्वयन गरेका छैनन्। सोही कारण अहिले समायोजन गरिएको गाडी भाडा पनि कार्यान्वयन हुनेमा सर्वसाधारण विश्वस्त छैनन्।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब ५ प्रतिशतका दरले प्रदेशभित्र अन्तरस्थानीय तहमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ।

पेट्रोलियम मूल्य घटेपछि संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो।

प्रदेश यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बुधबार बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको बताएका हुन्। बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेशभित्र अन्तरपालिकामा चल्ने सार्वजनिक सवारी साधनको भाडा दर लागू हुनेछ।

उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५.९० प्रतिशतले घटाइएको छ। यस्तै, बागमती प्रदेशभित्र अन्तरपालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ। यसअघि बागमती प्रदेशको मन्त्री स्तरीय निर्णयअनुसार गत वर्ष ५ साउनमा नयाँ भाडा दर कायम भएको थियो। 

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९० प्रतिशतले घटेको छ। काठमाडौं उपत्यकाबाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले कम भएको छ। प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको छ।

प्रकाशित: May 25, 2023| 12:48 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्