काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने नेपाल ल्युब आयल लिमिटेडले इण्डियन प्रिमियर लिग (आईपीएल) का खेल हेर्न आफ्ना ग्राहकलाई दिल्ली र लखनउ लगेको छ।
गल्फ लुब्रिकेन्ट, चर्चित आइपील टिम चेन्नई सुपर किंग्सको स्पोन्सर रहेको छ। महेन्द्र सिंह धोनी कप्तान रहेको सो टिम आइपीलकै सबै भन्दा उत्कृष्ट र सफल टिम मानिन्छ। आईपीलका दुई खेल, लखनऊमा सम्पन्न चेन्नई सुपर किंग्सविरुद्ध लखनऊ सुपर जायण्ट्स र दिल्लीमा सम्पन्न चेन्नई सुपर किंग्सविरुद्ध दिल्ली क्यापिटलको खेलमा ग्राहक र सरोकारवाला गरी २१ जनाले स्टेडियममै पुगी खेल हेर्न मौका पाएका थिए।
कम्पनीका अनुसार फेसबुक कन्टेस्टमार्फत १२ जना ग्राहक छनोट गरिएको थियो भने बाँकी ९ जान गल्फका कर्पोरेट ग्राहक रहेको कम्पनीले जनाएको छ।