शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एसेम्बलिङ उद्योगलाई दिएको छुट कटौती नगर्न नाडाको आग्रह

एसेम्बलिङ उद्योगलाई दिएको छुट कटौती नगर्न नाडाको आग्रह

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

काठमाडौं- नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बजेटमार्फत एसेम्बलिङ उद्योगलाई दिएको छुट सुविधा कटौती हुनेमा संसय व्यक्त गरेको छ।

National life

आफूहरुको लामो समयको मागपछि सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बलिङ उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको तर आगामी आर्थिक वर्षको बजेटमाफर्त यस्तो सविधा कटौती गर्न लागिएको सुनेको नाडाको भनाइ छ । 

मंगलबार विज्ञप्ति जारी गर्दै नाडाले सवारी साधन एसेम्बलिङ उद्योगहरुलाई दिइँदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौती गर्न लागेको भन्ने विषयमा मुख्य सरोकारवाला संस्था नाडाको विशेष ध्यान आकृष्ट भएको जनाएको छ। 

सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयम्मा धेरै पुँजी तथा लगानी चाहिने उद्योग हो। नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधारण वर्गले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्ने मात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने नाडाको भनाइ छ। एसेम्बलिङ उद्योगहरुले औद्योगिकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पुर्याई रहेको समेत नाडाले जनाएको छ। 

हाल नेपालमा ४ वटा दुई पांग्रे सवारी साधनहरुको एसेम्बलउद्योगहरुले आफ्नो उत्पादन गरिरहेको भने अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेका छन्। थपकेही अरु यस्ता नयाँ एसेम्बलिङउद्योगहरु समेत खुल्ने तयारीमा रहेका छन्। 
 

प्रकाशित: May 24, 2023| 18:45 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्