सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

काठमाडौं- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन्।  

उनको नियुक्तिसंगै कम्पनीको जेठ ९ गते बसेको बैठकले कम्पनीका अध्यक्ष हेमराज ढकालद्वारा उनले शपथ ग्रहण गरेका हुन्। कम्पनीको बैशाख २७ गते बसेको संचालक समितिको बैठकले युगेशभक्त बादे श्रेष्ठलाई सीईओ नियुक्ति गर्नका लागि काम्पनीले पठाएको फाइल नेपाल बिमा प्राधिकरणले जेठ ५ गते स्वीकृति गरेको थियो। 

शपथ ग्रहणसंगै कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई अध्यक्ष हेमराज ढकालले सफल कार्यकालको शुभकामना व्यक्त गरे। बैशाख २७ गते एकिकृत कारोबार शुभारम्भ गरेको आइजीआई प्रुडेन्सिल साविक आइएमइ जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको बिमा कम्पनी हो।

साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएका छन्। आइजिआईका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र प्रुडेन्सियलका नायव प्रमुख कार्यकारी अधिकृत उज्वल ढुंगाना आइजीआई प्रुडेन्सियलमा पनि नायव प्रमुख कार्यकारी अधिकृत नै भएका छन्। यो निर्जीवन बीमा क्षेत्रको ५ औं सफल मर्जर हो।
 

प्रकाशित: May 24, 2023| 18:37 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्