मंगलबार, भदौ २, २०८३

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ। पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो।

कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ बजे बैठक बस्ने गरी अधिवेशनको आह्वान गरेका हुन्।

उक्त बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर बैठकमा छलफल हुने जनाइएको छ। प्रदेश प्रमुखको कार्यालयको अधिवेशन आह्वानको पत्र प्राप्त भएबमोजिम कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम सबै सभा सदस्यलाई आजको बैठकका लागि जानकारी गराइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

प्रकाशित: May 24, 2023| 08:36 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्।