शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारको नीति तथा कार्यक्रम परम्परागत दस्तावेज : स्वर्णिम वाग्ले

सरकारको नीति तथा कार्यक्रम परम्परागत दस्तावेज : स्वर्णिम वाग्ले

पक्ष र विपक्षमा जे–जस्ता कुरा गरिए पनि सरकारका नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज रहेको सांसद वाग्लेको टिप्पणी।
 |  मंगलबार, जेठ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ९, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई परम्परा धान्न ल्याइएको दस्तावेजको उपमा दिएको छ।

National life

मंगलबार प्रतिनिधिसभामा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले पक्ष र विपक्षमा जे–जस्ता कुरा गरिए पनि यो परम्परा धान्न ल्याइएको दस्तावेज भएको टिप्पणी गरेका हुन्।

उनले नीति तथा कार्यक्रमलाई बजेटसँग टाइअप गरे मात्र कामकाजी बनाउन सकिने धारणा राखे। ‘नीति तथा कार्यक्रममा केही चेन्ज नहुने, बजेट पनि रुटिनसरह पास हुने भएकाले छलफल निरर्थक बनेको छ। पक्ष र विपक्षमा जे–जस्ता कुरा आएको भए पनि यो परम्परा धान्न ल्याइएको दस्तावेज भएकाले परम्परा धानिएको छ,’ वाग्लेले भने। 

नीति तथा कार्यक्रममा समेटिएका विषयमा आफ्ना धारणा राख्दा सतही नहुन उनले सत्तारुढ, प्रतिपक्षी सबै सांसदलाई आग्रह गरे। उनले भने, ‘जेठमा अविश्वसनीय बजेट ल्याउने र माघमा संशोधन गर्ने परम्परालाई अन्त्य गरेर अहिले नै वस्तुपरक बजेट ल्याइनुपर्छ।’ 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा पेस गरेको सरकारका वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रतिनिधिसभामा आज टुंग्याउने तयारी छ।

प्रकाशित: May 23, 2023| 13:32 मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्