सोमबार, असार २९, २०८३

महालक्ष्मी बैंकले मनायो २९ औं वार्षिकोत्सव

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं- महालक्ष्मी विकास बैंक २९ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरूमा विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्नुका साथै २९ वटा शाखामार्फत रक्तदान कार्यक्रम, सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्‍याली, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग-२०२३ लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। साथै उनले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
 

प्रकाशित: May 22, 2023| 20:00 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्