सोमबार, असार २९, २०८३

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको सम्झौता

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं- लक्ष्मी बैंक र सनराइज बैंकले एकआपसमा मर्ज गर्ने सम्झौता गरेका छन्। आज अपराह्न भएको सम्झौताअनुसार दुई बैंक १:१ को रेसियोमा मर्ज भएर नयाँ बैंक बन्न लागेको हो।

मर्जर सम्झौतामा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरेका छन्। प्रारम्भिक सम्झौताअनुसार यी दुई वाणिज्य बैंक बराबरी हैसियतमा आपसमा गाभिनेछन्।

मर्जरपछि बन्ने नयाँ बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ। सम्झौतापछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ। हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ छ।

प्रकाशित: May 22, 2023| 16:01 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्