शनिबार, जेठ २, २०८३

१२ खर्ब नाघ्यो वैदेशिक व्यापार घाटा

चालू आवको १० महिने अवधिमा नेपालको व्यापार घाटा गत वर्षभन्दा १५.८५ प्रतिशतले घटेको विभागको तथ्यांक छ।
 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्षको १० महिनामा वैदेशिक व्यापार घाटा १२ खर्ब नाघेको तथ्यांक सार्वजनिक गरेको छ।

National life

विभागले आइतबार सार्वजनिक गरेको (साउन–वैशाख) सम्मको तथ्यांकअनुसार १० महिनामा व्यापार घाटा १५.८५ प्रतिशतले घटेर १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रहेको हो।

अघिल्लो वर्ष सोही अवधिमा व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड ४३ लाख थियो। गत वर्षको तुुलनामा १० महिने अवधिमा आयात घट्दा वैदेशिक व्यापार घाटामा समेत कमी आएको विभागले बताएको छ। 

मुलुकको आर्थिक क्षेत्रमा देखिएको संकुुचनसँगै सरकारले आयातमा प्रतिबन्धात्मक व्यवस्था लागू गर्दा व्यापार घाटामा गत आवको तुलनामा कमी आएको देखिएको हो। सरकारले विदेशी मुद्रा सञ्चितिमा संकुुचन आएकाले बचत गर्न २०७९ मंसिरसम्म आयातमा प्रतिबन्ध लगाए पनि गत पुसदेखि आयात  प्रतिबन्ध हटाएको थियो। 

१० महिनामा १६.७८ प्रतिशतले घटेर १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाखको आयात भएको विभागको तथ्यांक छ। अघिल्लो वर्ष सोही अवधिमा १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख आयात भएको थियो।

चालू आवको १० महिनामा निर्यात २४.४९ प्रतिशतले घटेर १ खर्ब ३० अर्ब ९० करोड ३७ हजार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख १२ हजार बराबरको निर्यात भएको थियो। १० महिनामा कुल वैदेशिक व्यापार १४ खर्ब ७७ अर्ब २२ करोड २४ लाख ९९ हजार रहेको विभागले जनाएको छ। 

यो अवधिमा सबैभन्दा बढी छिमेकी भारतबाट ८ खर्ब ४४ अर्ब ५३ करोड ४९ लाख ५९ हजार रुपैयाँको वस्तु आयात भएकामा नेपालबाट ९१ अर्ब १४ करोड ७९ लाख ७४ हजारको मात्रै निर्यात भएको छ। भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब ५३ अर्ब ३८ करोड ६९ लाख रुपैयाँ रहेको छ। 

चीनबाट १ खर्ब ७९ अर्ब २१ करोड ८६ लाख ३५ हजार बरारबको आयात भएकामा नेपालबाट १ अर्ब ३५ करोड २८ लाख ७० रुपैयाँको निर्यात भएको छ। चीनमा निर्यात न्यून हुँदा नेपालको व्यापार घाटा १  खर्ब ७७ अर्ब ८६ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ। 

१० महिने अवधिमा नेपालबाट हुने कुल निर्यातको दोब्बर परिमाणमा पेट्रोलियम पदार्थ मात्र आयात भएको छ। नेपालले यो अवधिमा २ खर्ब ४९ अर्ब ६६ करोड ५३ लाख ५३ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ। १० महिनामा विभिन्न मुलुकबाट वस्तु आयात गरेर सरकारलाई ३ खर्ब ८४ अर्ब ४३ करोड राजस्व संकलन भएको छ। 

प्रकाशित: May 22, 2023| 14:14 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्