शनिबार, जेठ २, २०८३

कालोसूचीमा बिजुलीका २७० ग्राहक

वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगर पठाउने तयारी सुरु गरेको हो।
 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

चितवन– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले लामो समयदेखि बक्यौता रकम नतिरेका २७० ग्राहकलाई कालोसूचीमा राखेको छ।

National life

वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगर पठाउने तयारी सुरु गरेको हो।

कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयबाट पाउने सेवासमेत वञ्चित हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो। कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट ७४ लाख ९२ हजार ८८१ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी छ। 

ती ग्राहकले असार मसान्तसम्म बक्यौता रकम बुझाए जरिमानामा वितरण केन्द्रले १० प्रतिशत छुट दिने उनले जानकारी दिए। उनले भने, ‘बक्यौता तिर्ने ग्राहकका लागि यो छुट अवसर हो। सबैले प्रयोग गरौं।’

यस वितरण केन्द्रअन्तर्गत १ लाख बढी बक्यौता महसुल भएका १२ ग्राहक रहेका छन्। बक्यौता रकम नतिर्ने अन्य ग्राहकलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको उनले बताए। उनका अनुसार सो वितरण केन्द्रमा हाल ६५ हजार ग्राहक छन्।

प्रकाशित: May 22, 2023| 12:00 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्