बिहीबार, वैशाख ३१, २०८३

तनुश्री लेजबियन भएको र आफूलार्इ बलात्कार गरेको राखीको आरोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बइ- बलिउडमा विवादमा मुछिने कलाकारमध्ये राखी सावन्त एक हुन्। उनी फेरि एकपल्ट विवादमा मुछिएकी छन्। १२ वर्ष अघि उनीहरू एकदमै मिल्ने साथी थिए भने अहिले पानी बाराबारको अवस्थामा पुगेकी छन्। 

राखीले उनकी पुरानी साथी तनुश्री लेजवियन भएको र आफूलार्इ बलात्‍कार गरेको आरोप लगाएकी छन्। तनुश्रीले भने बलिउड स्टार नानापाटेकरले आफूलार्इ यौन दुर्व्यवहार गरेको भन्दै मिटु अभियानमार्फत आरोप लगाएकी थिइन्। 

उनले पत्रकार सम्मेलन गरेर नानापाटेकरको बचाउ गर्दै तनुश्रीले ड्रग सेवन गर्ने गरेको र आफूलार्इ पटक-पटक बलात्कार गरेको आरोप लगाएकी हुन्। उनले अमेरिकामा चलेको मिटुलार्इ भारतमा लन्ज गर्ने तनुश्रीले पैसा लिएको समेत आरोप लगाएकी हुन्। 

राखीको यस्तो अभिव्यक्ति पछि, तनुश्रीले राखीमाथि मानहामीको मुद्दा दायर गर्दै  १० करोड माग गरेकी छन्। राखीले पुन: तनुश्रीविरुद्ध मानहानी कै मुद्धामा ५० करोड माग गरेकी छन्। 
 
बलिउडमा मिटु मुभमेन्टले तहल्का मच्चाइ रहेको बेला यस घटनाले मिटुलाई  अर्को ट्रयाकमा धकेल्ने अनुमान धेरैले गरेका छन्। 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्